छैटौ वार्षिकोत्सवको अवसरमा “लुम्बिनी मेगा धमाका २०१९ ‘’

२०७५, १९ फाल्गुन आईतवार १२:४४

कुबेत , मार्च ३ , दया काफ्ले । लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो स्थापनाको छैटौ वार्षिकोत्सवको अवसरमा आउँदो मार्च १५ तारिख शुक्रबार “लुम्बिनी मेगा धमाका २०१९ ‘’ को तयारी तिब्र रुपमा बढेको आयोजकले जनाएकोछ ।  

आयोजकले जनाए अनुसार “लुम्बिनी मेगा धमाका २०१९” यही मार्च १५ तारिक  Nottingham British School मा दिनको १२ बजे बाट सुरुहुने साथै लुम्बिनी मेगा धमाका २०१९ सांस्कृतिक कार्यक्रममा नेपाल बाट चर्चित गायक पुष्पन प्रधान, नेपाल आइडल प्रतिस्पर्धी अमित बराल र लोक दोहोरी गायिका शान्ता परियार कुबेत आउने आयोजकले जनाएको छ । 

सामाजिक कार्यमा आफ्नो भिन्न पहिचान गराएको लुम्बिनी समाज कुबेतले नेपाल बाट कलाकार झिकाएर पहिलो पटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ । लुम्बिनी मेगा धमका २०१९ साँस्कृति कार्यक्रममा उपस्थित भई भब्य र सभ्य रुपमा सफलता पुर्वक सम्पन्न गर्न कुबेत स्थित नेपाली संघ सस्था, समाजसेवी, बुद्दिजिबी, पत्रकार लगायत सम्पूर्ण कुबेतबासी नेपाली दाजुभाई , दिदी बहिनिहरु लाई निमन्त्रणा सहित उपस्थिती को लागि अनुरोध गरेको छ।

Comments

ताजा खबर