भैरहवामा अन्तराष्ट्रिय भन्सार दिवस मनाईयो ।

२०७५, १२ माघ शनिबार १७:५६

नारायण कोइराला, माघ १२, रुपन्देही ।६७ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरले भैरहवाले सामाजिक उत्तरदायित्व कार्यक्रम समापन गरेको छ ।

कार्यक्रम अन्र्तगत सिद्धार्थनगर १ बेलहियामा स्थित बेलहिया मा.वि.लाई रु. ५०००० र गृहलक्ष्मि आमा समुह बेलहियालाई रु. ३०००० प्रदान गर्नुका साथै विभिन्न बाल तथा बृद्धआश्रममा समेत सहयोग गरिएको छ । सो अवसरमा बोल्दै भैरहवा भन्सार कार्यलयका प्रमुख अधिकृत श्री कमलकुमार भट्राईले संघको कार्यको खुलेर प्रशंसा गरेका छन् । उनेल भन्सार एजेन्ट संघले क्लियरिङ्को कार्यमात्र नगरी समाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा अझ बढी समाजीक कार्यगर्नको लागि शुभकामना समेत दिएका थिए । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद घिमिरेले संघले बुटवल बेलहिया व्यापारिक मार्गको दुर्व तर्फ र विचको ग्रिनजोनमा विभिन्न प्रजातिका फुलहरु लगाई आर्कषक गराउने समेत जानकारी गराएका थिए । कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष डा. शान्त कुमार शर्मा, राजस्व गुल्मका शशस्त्र प्रहरी नायव उपरिक्षक गोविन्द बहादुर खातिलगाएतको उपस्थिति रहेको थियो ।

Comments

ताजा खबर