अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त !

२०७५, २४ पुष मंगलवार ०५:३०

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मानव तस्करीको आरोपमा स्पष्टीकरण दिन काठमाडौं तानिएकी राजदूत शेर्पालाई बर्खास्त गरेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय विहीबार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।

उनका चालकका रूपमा अस्ट्रेलिया पुगेका वाङ्छु शेर्पाले मानव तस्करीको अभियोग लगाउँदै शेर्पालाई विवादमा तानेका थिए । उनी अघिल्लो सरकारका पालामा तत्कालिन नेकपा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएकी थिइन् ।

परराष्ट्र मन्त्रालयमा शेर्पाले दिएको स्पष्टीकरण चित्त नबुझेपछि बर्खास्तका लागि प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगिएको थियो ।यस्तै, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि सरकारले बर्खास्त गरेको छ ।

Comments

ताजा खबर