Categories: समाचार

विदेशको कमाई स्वदेशमा लगानी भन्दै होटेल म्यारील्याण्ड सन्चालन ।

साउदी अरब राम प्रसाद बस्यल ।
काठमाडौंको नयाँ बसपार्क मित्रनगरमा सुविधा सम्पन्न होटेल म्यारील्याण्ड गेष्ट हाउस संचालनमा आएको छ । स्वथ्यकर तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले साउदी अरबको अलमराई कम्पनीमा कार्यरत मेची-महाकालीका युवाहरुले होटल म्यारील्याण्ड गेष्ट हाउस संञ्चालनमा ल्याएका हुन ।

विदेशको कमाई स्वदेशमा लगानी भन्ने मूल नारासहित देशमा सामुहिक रुपमा लगानी गरेर होटल संचालनमा ल्याएका हुन ।
देशका बिभिन्न ठाउबाट र विदेशबाट आउने नेपालीहरुलाई लक्षित गरी यातायातको सुबिधा सहित यस्तो होटलको आवश्यकता महशुस गर्दै होटल संञ्चालनमा ल्याईएको सञ्चालक समितीका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिए ।

देशले स्थिर सरकार पाएसँगै आफ्नै क्षेत्रमा युवाहरुले लगानी गर्न थालेको र विदेशको कमाई स्वदेशमा लगानी गरी आफ्नै माटोमा रोजगारिको अवसर प्रदान गर्दै उज्वल भविष्य निर्माणमा जुटेको संचालक समितिका सदस्य बशन्त राई बताउछन । करिब ८० लाख लगानी रहेको उक्त होटलमा सुबिधा सम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको होटल सञ्चालक समितीका अर्का सदस्य नाथन शर्माले जानकारी दिए ।

आगामी दिन मा म्यारील्याण्ड होटेल काठमाडौं मा एक मात्र नभै अझै यसका साखा हरु नयाँ नया साथीहरु लाई समाबेश गरि खोलिने कुरा देबि प्रसाद गुरुङ ले सराइज जे एन लाई फोन मार्फत जानकारी दिनु भयो । बिदेश मा बस्दा नेपाल आउने क्रम मा धेरै प्रदेशी ठगिने र सोचे जस्तो सेवा सुबिधा नपाइने र महङ्गाई खेप्नु परेको हुनाले र यस होटेल मा आबद्द ११ सदस्य को ग्रुपले हामी लाई झै अन्य प्रदेशिलाई समस्या नपरोस भन्ने हेतु ले नै सो होटेल खोल्ने निर्णय भयको हो र दशै तिहार को बेलामा अधिक मात्रामा प्रदेशी हरु स्वदेश भित्रीने हुनाले सोही समयलाई लक्ष्यित गरि होटेल म्यारिल्याण्ड ले १० % प्रतिशत छुट दिने कुराको जानकारी तुलसी बम्जन ले दिनु भयो ।

तुलसि बम्जन प्रदेश मा बसेर पनि सम्पुर्ण नेपाली हातेमालो गरि एक हुनु पर्छ भन्ने हेतुले नेपालि एकता समाज को गठन गरि अध्यक्ष को भुमिका मा धेरै नेपालीहरु का लागि स नेतृत्व गर्दै नेपाली हरुको हकहितको काम गर्दै आउनु भयको छ। नेपालको पुर्ब देखि पश्चिम जहाँ को भएपनी आखिर हामी सबै नेपाली हौ भन्दै ११ जनाको सदस्य को लगानी मा होटेल को स्थापना गरिएको हो ।

जसमा :-
अमर श्रेष्ठ ,वाङ्ग्देल लामा , योगेन्द्र कुइकेल , रामु गिरि , बम बहादुर राई , बसन्त राई , तुलसी तमाङ , देवि प्रसाद गुरुङ , अमित शर्मा नाथन , बिबि बराइली , मिलन गोले रहेका छन अन्य सदस्य सबै बिदेशमा रहेता पनि वाङ्देल लामा र योगेन्द्र कुइकेल ले नेपाल मै बसेर काम गर्नु भयको कुरा सनराइज जे एन लाई रामु गिरि ले जानाकारि दिनु भयो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago