भारत र चीनको रेल अनुदानमामात्रै ल्याउनुपर्छ : डा. महत

९ असार, काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्ने बताएका छन् ।उनले भने,‘नेपालले आँफै रेल निर्माण गर्न सक्दैन्, हाम्रा आफ्नै आन्तरिक आवश्यकत्ताहरु धेरै छन्, ती आवश्यकत्ताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं, किनकी हामी ऋण तिर्न सक्दैनौं।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु नभएको जिकिर गरे । उनले भने, ‘रेलको सम्झौता नयाँ होइन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरु पनि भएका थिए ।’

यद्यपि नेपालमा रेल आउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘तर कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो ।’

नेता महतले चीनसँगमात्रै नभएर भारतसँग पनि अनुदानमा रेल बनाउन आग्रह गर्नुपर्ने सुझाव दिए । उनले भने,’यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनको लागि आग्रह गर्नुपर्छ । नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन ।’

दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा सक्षम भएकोले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाइ छ ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago