नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा अन्तीम तयारी

अमेरिका शिकागो, लक्ष्मण न्यौपाने(आदर्श) । अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला तिन संस्था एन्मा, नासिया र एएनएको संयुक्त सम्मेलन नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा लगभग तयारी पुरा भएको आयोजक हरुले जनाएका छन् । शिकागोमा आईतबार सम्मेलन आयोजक समितिका पदाधिकारी, स्थानिय संघ संस्थाका प्रतिनिधी र पुर्व अध्यक्ष तथा संस्थाका सल्लाहकारहरुको संयुक्त बैठक बसेपछि सम्मेलनको तयारी लगभग पुरा भएको आयोजकहरुले जनाएका छन् ।

हरेक बर्ष लेबर डे सप्ताहन्तको अवसर पारेर एन्मा र नासियाले संयुक्त सम्मेलन गर्दै आएकोमा यस बर्ष देखी अर्को पुरानो संस्था एएनए पनि जोडिए पछि नेपाली नेशनल कन्भेसनको नाममा कार्यक्रम आयोजना हुन लागेको छ ।

नेपाली समाजको एकताको लागि भन्ने नाराका साथ हुन लागेको सम्मेलन ३ दिन सम्म चल्ने छ। सम्मेलन आयोजनाका लागि अहोरात्र खटिरहनुभएका सम्मेलनका संयोजक तथा एन्मा अध्यक्ष बाला घिमीरेका अनुसार ३ दिनकै लागि सम्पुर्ण कार्यक्रमहरु तयार भईसकेका छन् । आईतबार शिकागोमा रहेका नेपाली संघ संस्था र शिनियर हरुसँग भेला पछि आफुलाई थप उत्साह प्रदान भएको घिमीरेले बताउनुभयो ।

पुर्व प्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मा पनि कार्यक्रम आउने पक्का भएको छ । नेपालको पर्यटन प्रवद्धन तथा आर्थिक सहयता लगायतका बिभिन्न क्षेत्रलाई समेटेर आयोजना फोरमहरुका साथै चलचित्र अवार्ड, चर्चित कलकारहरुको कन्सट र सांस्कृतिक कार्यक्रमहरुले दर्शकहरुलाई ज्ञानका साथै मनोरञ्जन दिन आफुहरुले तयारी गरिरहेको सम्मेलनका सचिव डाक्टर दिवाकर दाहालले बताउनुभयो ।

दाहालका अनुसार आईतबार सांभ फिल्म फेस्टिबल आयोजना हुन लागेको हो । फेस्टिबलका लागि नेपालबाट भुवन केसी, अनमोल केसी, सुनिल थापा, निता ढुंगाना, सरिता लामिछाने लगायतका दुई दर्जन भन्दा धेरै कलाकारहरु आउने पक्का भईसकेको छ ।

अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म चल्ने सम्मेलनका लागि अमेरिकाको बिभिन्न राज्यबाट नेपालीहरुले रजिष्ट्रेशन गरिरहेको आयोजकहरुले जनाएका छन् । ३१ तारिख सांझ पुर्व प्रधानमन्त्री माधव नेपाल, बिश्वप्रकाश शर्मा, फिल्मी कलाकार लगायतसंग बिषेश डिनरको आयोजना समेत गरिएको छ । शिकागोमा रहेका नेपालीहरुका लागि बिषेश छुटका साथ सम्मेलनमा सहभागी गराउन लागेको पनि संयोजक बाला घिमीरेले बताउनुभयो ।

आईतबारको छलफलमा पुर्व अध्यक्ष तथा सल्लाहाकारहरुले सम्मेलन आयोजक समितिले गरेको कामहरुको प्रशंसा गरेका थिए भने स्थानिय संघ संस्थाका प्रतिनिधीहरुले आफुहरु शिकागोमा सम्मेलन भब्य रुपमा सफल पार्न आतुर रहेको बताएका थिए ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago