हडताल गरे बस कब्जामा लिएर चलाउन तयार बस्नू – गृहमन्त्रीको प्रहरीलाई निर्देशन

सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ।

मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन्।

‘सिन्डिकेट तोडेपछि व्यवसायी आन्दोलनमा जान सक्छन्, यसबाट सर्वसाधारणलाई मर्का पर्न नदिन बस कब्जामा लिएर सञ्चालन गर्ने गरी तयार बस्नू भनी प्रहरीलाई निर्देशन दिइएको छ,’ गृहमन्त्रीका प्रेस सहयोगी किरण भट्टराईले सेतोपाटीसँग भने।

सरकारले अत्यावश्यक सेवा ऐन लगाएर बस नियन्त्रणमा लिने उनले बताए।

Comments
Sanjay poudyal

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago