प्रसिद्ध ऐतिहासिक तथा धार्मिक क्षेत्र
शनिबार नयाँ वर्ष मनाउन र पुजाआजाका लागि विभिन्न ठाउँबाट दर्शनार्थीहरु मन्दिरमा आएका थिए । विशेष गरि नयाँ वर्ष, अष्ठमी र दशैँको दिन मन्दिरमा भिड लाग्ने गर्दछ । मनोकांक्षा पुरा हुने विश्वासका साथ टाढा टाढाबाट भक्तजनहरु आउने गर्दछन् ।
मन्दिरका पुजारी केशव खनालले प्रत्येक नयाँ वर्षमा भक्तजन बढ्ने गरेको बताए । ‘हिन्दु धर्मावलम्वीहरुले धार्मिक पूजा आराधना मार्फत दिन र वर्षको सुरुवात गर्ने गर्छन्’ उनले भने, ‘त्यसैले नयाँवर्षमा मन्दिरमा बढी भिड हुँदा भक्तजनहरुलाई कठिन समेत हुन्छ ।’
सात हजार भक्तजनले पुजा गरे
मन्दिरमा शनिबार सात हजार भन्दा बढिले पूजा गरेका छन् । मन्दिरमा बोका र भेडाको बलि दिने प्रचलन छ । मन्दिरका पुजारी खनालका अनुसार शनिबार ४० वटा बोकाको बलि दिइएको छ । मन्दिरमा दर्शन गर्न र घुम्नको लागि विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् ।
मन्दिरमा १२ जना पुजारी भएकोमा दुई जना ब्राह्मण, एक जना क्षेत्री र बाँकी मगर जातिका छन् । पुजाका लागी उनिहरु पालो गरेर मन्दिरमा आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।
दर्शनार्थीलाई सास्ती
गोरखकाली मन्दिरमा पुजा गर्न आउने भक्तजनले सास्ती पाएका छन् । मन्दिरमा भक्तजनलाई व्यवस्थित तरिकाले पुजाआजा गर्नको लागी ब्यबस्थापन गर्न नसक्दा भक्तजनले सास्ती खेपेको धादिङका कुमार श्रेष्ठले बताए । नवलपरासी देखी भिम अर्याल बिहान नै आएपनी तीन घण्टा लाइन बसेर पुजा गर्नुपरेको गुनासो गरेका छन् ।
शौचालय र पिउने पानीको समस्या
मन्दिर परिसरमा शौचालय नहुँदा दर्शनार्थीलाई समस्या छ । विशेष गरेर बालबालिकाले शौचालयको असुबिधा हुँदा मन्दिर परिसरमा नै शौच गर्न बाध्य छन् । गोरखाको प्रसिद्ध धार्मिक क्षेत्रका रुपमा परिचीत गोरखकाली मन्दिर बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट क्षति भएको थियो । तर हालसम्म पनि मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…