टोक्यो अक्टोबर १७ ।
जापान भ्रमण रहनु भएका गण्डाकी प्रदेशका पर्यटन, उधोग, बन तथा वातावरण मन्त्री विकाश लम्सालले सघियता कति सफल हुने भन्ने प्रश्नको उत्तर हाम्रो काम र उपलब्धीहरुले निर्धारण गर्ने बताउनु भएको छ ।
पर्वत समाज जापानको आयोजनामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै मन्त्रि लम्सालले कल्चर र नेचारको उपयोग गर्दै गण्डाकि प्रदेशमा २०२२ सम्म २० लाख पर्यटन भित्राउने लक्ष्य सहितको योजना बनाई २२ करोड़ विनियोजन गरी काम शुरु गर्ने जानकारी दिनु भयो । उहॉले प्रदेशमा रहेका उधोग र उर्जालाई कसरी बढाउन सकिन्छ त्यसको डिपिआर तयारी गर्ने र आउदो बर्षमा लगानि सम्मेलन गर्ने योजना रहेको जानकारी दिनु भयो ।
अन्तराष्ट्रीय ताल संरक्षणको सेमिनारमा सहभागि हुन जापान आउनु भएका मन्त्रि लम्सालले बन संरक्षणबाट हुने सम्बृद्दी र रोज़गारका बारेमा सोध शुरु गरिने जानकारी दिनुभयो।
कार्यक्रममा प्रकृति संरक्षण कोषका पुर्व सदस्य सचिव जुद्द गुरुङले नेपालमा रहेको संरक्षणहरु क्षेत्रहरुबाट रोज़गार र आम्दानिको योजनाहरु बनाई लाग्नु पर्ने बताउनु भयो ।
पर्वत समाज जापानका अध्यक्ष सुजन जोशिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जापानमा रहेको पर्वतेहरु सहित प्रवासि नेपाली मंचका अध्यक्ष महेन्द्र श्रेष्ठ, जनप्रगतिशिल मोर्चाका अध्यक्ष हवल चन्द्र लामा, त्यस्तै मोर्चाका पुर्व अध्यक्षहरु अरुण श्रेष्ठ, वेलुकाजी थापा, ऑपचौर समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी प्रवासि नेपाली मंचका बाबुराम भन्डारी, लगायतका वक्ताहरुले शउभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन जनक सुबेदीले गर्नु भएको थियो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…