टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

टोकियो, पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रको प्रमुख आयोजना तथा सुदुरपश्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अलको सह–आयोजना मा ‘‘नेपालको पर्यटन प्रवद्र्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०’’ विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को आयोजना गर्ने भएको छ ।

टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अगस्ट ५ तारिख आइतबार कार्यक्रम आयोजना गरिने जनाइएको छ । विशेषगरी नेपालमा जापानिज पर्यटकहरु प्रत्येक बर्ष घट्दो अवस्थामा रहेको परिप्रेक्ष्यमा यो कार्यक्रमले नेपाल पर्यटन बोर्डलाई जापानको बजार प्रबद्र्धन गर्न भावी रणनीति बनाउन सहयोग पुग्ने आशा गरिएको छ ।

नेपाल सरकार पर्यटन मन्त्रालयले २०२० लाई नेपाल भर्मण वर्ष घोषणा गरिसकेको अवस्थामा जापानबाट धेरै भन्दा धेरै पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने विषय मा यो कार्यक्रम मा विशेष छलफल गरी, छलफलको निष्कर्ष नेपाल पर्यटन बोर्डलाई बुझाउने लक्ष्य रहेको कार्यक्रम का संयोजक विष्णु खनाल ले बताए ।

कार्यक्रमको पहिलो चरणमा कार्यपत्र प्रस्तुत गरिने छ भने कार्यक्रमको दोश्रो चरण मा सहभागीहरु सँग सामूहिक छलफलको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पर्यटन वोर्डको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को जापानमा प्रवद्र्धन रणनीति बनाउनको लागि गर्न लागिएको कुरा आयोजकहरुले बताएका छन् । यसअघि नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रका सदस्य बिशेश्वर रेग्मी को संयोजकत्वमा जापानिज भाषामा तयार गरिएको नेपाल भ्रमण वर्ष २०२० को लोगो नेपाल पर्यटन बोर्डले सार्वजनिक गरिसकेको छ ।

कार्यक्रम अगस्ट ५ तारिख दिनको ठिक १ बजे बाट सुरु हुने हुँदा, जापानमा रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सम्पूर्ण नेपालीहरुलाई उपस्थित भई नेपालको पर्यटन प्रवद्र्धन को लागि आफ्नो अमूल्य सुझाव प्रदान गर्न कार्यक्रमका प्रचार संयोजक आशिष रावलले अनुरोध गरेका छन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago