विश्वकप फाइनलपछि मोड्रिक र भारेन कीर्तिमान को दौड मा ।

काठमाडौं– क्रोएसियाका कप्तान लुका मोड्रिक र फ्रान्सका डिफेन्डर राफायल भारेन मध्ये एक खेलाडीले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलपछि कीर्तिमान बनाउने भएका छन्।

मोड्रिक र भारेन क्लब फुटबलका सहकर्मी हुन्। तर दुई खेलाडी आइतबार विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आपसमा भिड्दैछन्।

स्पेनिस क्लब रियल म्याड्रिकबाट खेल्ने दुई मध्ये एक खेलाडीले एकै सिजनमा विश्वकप र युरोपियन च्याम्पियन्स लिग जित्ने नवौं खेलाडी बनेर कीर्तिमान बनाउन लागेका हुन्।

गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा मिडफिल्डमा मोड्रिक र रक्षापंक्तिमा भारेनले उत्कृष्ट खेल पस्केका थिए। जारी विश्वकपमा पनि दुवै आफ्नो देशका लागि उत्कृष्ट खेल पस्कदै फाइनल सम्मको यात्रा गरेका छन्। जारी विश्वकपमा दुवैले१–१ गोल गरेका छन्।

यसअघि एकै सिजनमा च्याम्पियन्स लिग र विश्वकप जित्ने ८ खेलाडी थिए। १९७४ मा सेप मइयर, पाउल ब्रेइनर, हान्स जर्स, फ्रान्ज बेकेन्बाउर, गर्ड मुलर, उली होइनेस (वार्यन म्युनिख र वेस्ट जर्मनी) ले विश्वकप र च्याम्पियन्स लिग जित्ने इतिहास बनाएका थिए।

यस्तै १९९८ मा क्रिस्टियन कारेमबेउ (रियल म्याड्रिड र फ्रान्स) र २००२ मा रोबर्टो कार्लोस (रियल म्याड्रिड र ब्राजिल) पनि एकै सिजनमा विश्वकप र च्याम्पियन्स लिगको ट्रफी उचाल्ने अवसर पाएका थिए। १६ वर्षपछि यस्तो अवसर क्रोएसियाका मोड्रिक र फ्रान्सका भारेनले पाउँदैछन्।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago