अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको भ्रमणमा

राष्ट्रपतिका रूपमा आफ्नो पहिलो बेलायत भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आइपुगेका छन्।बिहिबार दिउँसो पत्नी मेलाइनासहित लण्डन उत्रिएका उनी ४ दिन बेलायतमा रहनेछन्।
बेलायतको भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले महारानी एलिजावेथ, प्रधानमन्त्री टेरेसा मे लगायतसँग उच्चस्तरीय भेट गर्नेछन्।

प्रधानमन्त्री मेसँगै शुक्रबार बेलायती तथा अमेरिकी सेनाको संयुक्त सैन्य तालिम अवलोकन गर्ने पनि उनको कार्यक्रम छ।शुक्रबार साँझ स्कटल्याण्डतर्फ प्रस्थान गर्ने राष्ट्रपति ट्रम्पले आउँदो विकेण्ड त्यहीँ बिताउने बताइएको छ। राष्ट्रपति ट्रम्पकी आमाको जन्मस्थलसमेत रहेको स्कटल्याण्डमा रहेका केही गल्फ कोर्सका उनी मालिक पनि हुन्।

सन् २०१६ को सुरूदेखि नै राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा आउनेबारे चर्चा सुरु भएका थिए। तर, ट्रम्पलाई बेलायत भ्रमण गर्न नदिन भन्दै उनका आलोचकहरुले बेलायतभित्र चर्को आवाज उठाएपछि कैयौंपटक उनको भ्रमण स्थगित गरिदै आएको थियो।

खासगरी इमिग्रेसनलगायतका मामिलामा राष्ट्रपति ट्रम्पले लिएको कठोर र अनुदार नीति तथा दिने गरेका अभिव्यक्तिहरुका कारण उनको आलोचना हुने गरेको छ। बेलायतमा ट्रम्पको भ्रमणकै बेला पनि केही विरोध प्रदर्शनहरु हुने अनुमान गरिएको छ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago