अन्तिम सास लिएर कसरी आए गोरखाली ? ट्वाईलेटको पानी र कुहिएको भात खाएर बाँचेको भनाई ।

२०७५, १ पुष आईतवार १८:४४

काठमाडौं पौष १ । साउदी जाने दाजुभाइहरुले कम्पनीले लाइसेन्स र इन्स्योरेन्स नगरिदिएसम्म गाडी चलाउने काम नगर्नुहोला ।’ साउदी अरबमा ८ महिना जेल बसेर फर्किएका प्रशान्त लिम्बुको आग्रह हो यो । २०७३ साल पुसमा रोभ इन्टरनेशनल म्यानपावरबाट ड्राइभरकै भिसामा साउदी गए पनि कम्पनीले उहाँलाई लाइसेन्सका लागि परीक्षणमा सहभागी गराएन । जबरजस्ती गाडी चलाउन लगायो ।

लाइसेन्सबिना गाडी चलाउन बाध्य भएपछि प्रशान्तले आफूलाई पठाउने एजेण्ट र म्यानपावरलाई पनि गुहार्नुभयो । तर न एजेण्टले चासो दिए न म्यानपावरले कुरा सुनिदियो । ‘मैले लाइसेन्स बनाउन लागेको खर्च म आफैं तिर्छु भन्दा पनि सहयोग पाइन’ प्रवासी नेपाली समन्वय समिति मा शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रशान्तले भन्नुभयो ‘लाइसेन्सबिना काम नगर्ने भन्दा कम्पनीले ३० हजार रियाल माग गरेको थियो । ३० हजार रुपैयाँ बुझाउन सकिनँ, त्यसैले बाध्य भएर गाडी चलाउनुपर्यो’

उहाँ घर बनाउन प्रयोग गरिने मिक्सर बनाउने गाडी चलाउनुहुन्थ्यो । लाइसेन्सबिना नै गाडी चलाएको ९ महिनामै उहाँले चलाएको गाडी दुर्घटना भयो । साउदी नागरिकले चलाएको गाडी उहाँले चलाएको गाडीमा आएर ठोक्किँदा साउदी नागरिकको ज्यान गयो । त्यही अभियोगमा प्रशान्तले ८ महिना जेल बस्नुपर्‍यो । ट्वाईलेटको पानी र कुहिएको भात खाएर बाँचेका गोरखाली, अन्तिम सास लिएर नेपाल आए बताउदै ।  

Comments

ताजा खबर