बैशाख २९ ,काठमाडौं ,
नेपाल रुसका मस्कोमा जारी सडक बालबालिहरुको विश्वकप फुटवलको क्वार्टरफाइनल प्रवेश गरेको छ।
शनिबार भएका भएका दुई खेलहरुमा जित हासिल निकाल्दै समूह विजेताका रुपमा नेपाल क्वार्टरफाइनल प्रवेश गरेको हो। समूह डी मा रहेको नेपालले पहिलो खेलमा केन्यालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा ताजिकिस्तानबिरुद्ध ३–१ गोलअन्तरको जित निकालेको हो।
सेभेन ए साइड खेलमा ताजिकिस्तानबिरुद्ध नेपालका पवन शाहीले २ गोल गर्दा टिमका कप्तान रोशन भुजेलले १ गोल गरेका थिए। यसअघि केन्याबिरुद्ध पनि पवनले १ तथा सन्तोष खत्रीले १ गोल गरेका थिए।
प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाएको नेपाल समूह चरणमा सहज जितका साथ क्वार्टरफाइनल पुगेको हो। सहभागी १२ टोलीलाई ४ समूहमा बिभाजन गरिएको छ। स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा भएको स्ट्रिट चाइल्ड वर्ल्ड कप, फ्युचर डिपेण्ड्स अन य मा नेपाली टोलीको संयोजन सेल्टर आश्रय नेपालले गरेको छ। सेल्टरले तीन महिनाअघि राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…