जापानमा म्ह:पुजा सम्पन्न ।

२०७५, २४ कार्तिक शनिबार ११:१४

टोक्यो । नेवारी सस्कृतिको जगेर्ना गर्दै प्रबासमा बस्ने नेवारहरुलाई नेवारी सस्कृतिको निरन्तरता दिन जापानको टोक्योमा नोबेम्बर ८ माम्ह:पुजा सम्पन्न भएको छ ।

नया पिढीलाइ आफ्नो सस्कृतिको महत्व बुझाउदै समाजमा एकता कायम गर्ने उदेश्ले यो कार्यकमको आयोजना गरिएको प्रकाश लाल श्रेष्ठले जानकारी दिनु भयो ।

उक्त कार्यकममा प्रमुख अथितिको रुपमा बरिस्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ बिशेष अथितिको रुपमा अन्तर्राष्ट्रिय अधिबक्ता डा. बलराम श्रेष्ठ ,महेस श्रेष्ठ र डा . केदार शंकर श्रेष्ठ ले कार्यकम प्रति आभार ब्यक्त गर्दै मन्तब्य राक्नु भएको थियो ।

कार्यकमको अध्यक्ष प्रकास लाल श्रेष्ठ ले गर्नु भएको थियो भने कार्यकम सफल पार्न बिशेष भूमिका इन्दिरा सुजुकी ,सबिता श्रेष्ठ ,बिकाश श्रेष्ठ रहेको थियो । 

म्ह पुजामा जापानमा बसोबास गर्दै आउनु हुने बिभिन्न पेसा, ब्यबसाय ,बिधार्थी, ब्यापारी महिला बाल बालिकाहरुको पारिबारिक सहभागिता रहेको थियो ।

Comments

ताजा खबर