प्रधानमन्त्री ओलीकाे उपचार खर्च जम्मा ३६ हजार

२०७५, १६ कार्तिक शुक्रबार १६:१८

काठमाडौँ कार्तिक १६ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत सोमबार विहान देखी उपचार गराइरहेका प्रधानमन्त्री ओली आज साँझ सरकारी निवास बालुवाटार फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको उपचारको खर्चमा उहाँको निजी रकम प्रयोग गरिन्छ या सरकारले व्यहोर्छ भन्ने विषयहरु समेत उठे ।तर उहाँको उपचार खर्च मात्र ३६ हजार लागेको छ । जुन उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ । 

गत सोमबार विहान चार बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनमा भाइरल ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनी आज डिस्चार्ज हुने सम्भाबना रहेको छ । अस्पतालले उनको स्वास्थ्य सामान्य अवस्थामा रहेको भनि बिहानको प्रेस विज्ञाप्ति मार्फत जनाएको छ ।

सोमबार बिहान देखि अस्पतालको सीसीयुमा भर्ना भएर उपचार गराइरहेका प्रधानमन्त्रीको उपचार औषधिसहितको खर्च शुक्रबार बिहान सम्मको ३६ हजार भएको छ ।हाल प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोको सीसीयुको बेडचार्ज एक दिनको ३ हजार २ सय रहेको छ । 

सोमबारदेखि शुक्रबारसम्म बेड चार्ज मात्रै १३ हजारको बिल पुगेको छ ।त्यस्तै औषधिको ११ हजार बिल छ । ओलीलाई एन्टीबायोटिक्सहरु मुखबाट नखुवाएर इन्जेक्सन मार्फत दिइएको छ । त्यसैले पनि उनको स्वास्थ्य सामान्य भए पनि एन्टीबायोटिक्सको डोज पूरा नभईकन डिस्चार्ज गर्न नमिलेको हो ।

Comments

ताजा खबर