एकता र मित्रताको लागि नेपाल जापान युथ क्लब जापानले फुटबल प्रतियोगिता गर्ने ।

२०७५, १४ कार्तिक बुधबार १८:४१

टोकियो । एकता र मित्रताको लागि खेल भन्ने उद्धोष सहित नेपाल जापान युथ क्लबले आउदो आईतबार नोभेम्बर ४ तारिक आठौ फेडेरेशन रनिङ कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

आयोजक नेपाल जापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचनका अनुसार हङकङको एक टोलि सहित २६ टिमले सहभागिता जनाउने प्रतियोगितामा प्रथम हुने टोलिले ६ लाख जापानिज एेन प्राप्त गर्ने छ । त्यसैगरी द्दितिय हुने टोलिले २ लाख पचास हजार एेन तथा तेश्रो हुने टोलिले एक लाख एेन पाउने भएको छ । 

यस वर्षको प्रतियोगितामा दर्शकको अनुरोधलाई मध्यनजर गर्दै दर्शकहरु सजिलै जान सक्नेगरी टोकियोबाट ३० मिनेट लाग्ने सोईतामाको सिमोनाचाईमा हुने भएको छ । सबै फुटबल प्रेमिहरुलाई फुटबल प्रतियोगितामा सहभागि भई प्रतियोगिता सफलपारी दिन आयोजकले अनुरोध गरेको  छ । 

प्रतियोगिता संयोजक लिल गुरुङका अनुसार प्रतियोगितामा सर्वोउत्कृष्ठ खेलाडि, वेष्ट डिफ़ेण्डर, वेष्ट गोलकिपर सहित सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिने भएको छ ।

Comments

ताजा खबर