आगलागीका कारण कास्कीमा १६ गाई जले

२०७५, १२ कार्तिक सोमबार १६:४७

पोखरा । मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो । गोठमा ३४ गाई थिए ।

Comments

ताजा खबर