सर्वसाधारणलाई राष्ट्र बैँकको आग्रह नोटमा अनावश्यक केरमेट नगर्न तथा नच्यात्न।

२०७५, २ कार्तिक शुक्रबार ०७:२८

काठमाण्डौ, कार्तिक २ ।
नेपाल राष्ट्र बैँकले दसैँको बेलामा रुपैयाँमा अनावश्यक केरमेट नगर्न, नोट नच्यात्न सर्वसाधारणलाई आग्रह गरेको छ । दसैँको समयमा नयाँ नोट साट्ने र दसैँ सकिएलगत्तै नयाँ नोटलाई पुरानो बनाउने बानी नागरिकमा भएकाले त्यसो नगर्न र पैसाको जतन गर्न राष्ट्र बैँकले आग्रह गरेको हो ।

राष्ट्र बैँकले गत असोज २१ गतेबाट दसैँका लागि नयाँ नोट बाँडेको थियो । सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले नोटलाई जतन गरेर प्रयोग गर्न आग्रह गर्नु भयो । भदौबाट लागु भएको नयाँ मुलुकी ऐनमा पनि पैसामा केरमेट गरे, फोहोर गरे वा च्याते ५ हजार जरिवाना र तीन महिनासम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

Comments

ताजा खबर