दशैंको टीकाको उत्तम साइत शुक्रबार बिहान ९:५१ मिनेटमा

२०७५, ३१ आश्विन बुधबार १८:२६

काठमाण्डौ, असोज ३१ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टिकाको साइत सार्वजनिक गरेको छ।

बिजयी दशमीको टीकाको साइत यस वर्ष विहानै जुरेको छ । समितिका अनुसार कार्तिक २ गते शुक्रबार विहान ९:५१ बजे बडा दशैंको टीकाको लागि सबैभन्दा उत्तम साइत जुरेको हो ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ। देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताए।

आम सर्वसधारणले समेत सकेसम्म सोही साइतलाई आधार मानेर टीका तथा प्रसाद ग्रहण गर्नेछन् ।यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । 

कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ । विजयादशमीकै दिन बिहान ८:३५ मा तुलजा भवानीको यात्रा गराइन्छ। भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ। कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ।

Comments

ताजा खबर