खुलेआम बलात्कार, हत्या, एसिड आक्रमण जस्ता घटना भइरहँदा पनि ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ? : नेता नेपाल

२०७५, ११ आश्विन बिहीबार १६:२२

काठमाण्डौँ, असोज ११। नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संसदमा बोल्दै बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् । ‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।

नेता नेपालले खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको नेता नेपालले बताए । ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’

अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको नेता नेपालले बताए ।

Comments

ताजा खबर