तीज कार्यक्रमको सम्पूर्ण तयारी पुरा , कुवेतमा रहेका नेपालीहरु उपस्थिती लागि आग्रह

२०७५, १८ भाद्र सोमबार ०५:२९

कुबेत सेप्टेम्बर ३ दया काफ्ले । नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।

आगामी सेप्टेम्बर १४ शुक्रबार कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा दिउँसो १ बजे कार्यक्रमको सबै तयारी पुरा भएको मञ्च ले जानकारी दिएकोछ ।

नारीहरुको महानपर्व हरितालिका तीजको रमझमले नेपालमा मात्र नभैइ बिदेशमा रहेका नेपालीहरुलाई तिज को रौनक लागेको छ । यस्तै गरि कुवेतमा रहेका नेपालीहरु पनि एक महिनाअगाडि बाटै तयारी गरिरहेका छन् । यसरी धेरै अगाडी बाट तिज मनाउने हो भने तिज को मौलिकता संकट मा पर्ने देखिन्छ ।

१७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रममा कुवेतमा बसेका नेपाली दाज़ु भाई तथा दीदी बहिनी,सम्पूर्ण संघ संस्था हरूलाई यस कार्यक्रममा सहभागी भई आर्थिक र नैतिक रूपले सहयोग गरिदिनु हुन नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतले सबै मा आग्रह गरेको छ ।

कार्यक्रममा कुवेतमा रहेका नेपाली नारीहरुलाई दर खुवाउने कार्यक्रम समेत आयोजना गरिएकोले सम्पुर्ण महिलाहरुलाई मञ्चले बिशेष निमन्त्रणा समेत गरेको बताएकोछ ।

Comments

ताजा खबर