नागढुंगा–नाैबीसे सुरुङ मार्ग : ठेक्कामा मन्त्री महासेठको हस्तक्षेप

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन्। ठेकेदार छनौटनिम्ति अन्तिम मूल्यांकन पूरा हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका छन्। सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन्।

महासेठले आयोजनाको ठेक्कासम्बन्धी सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा झिकाएका छन्। आफ्नै रोहबरमा फाइल अध्ययन गराई चिनियाँ कम्पनीलाई ठेक्का दिलाउन उनले निर्देशन दिएको सडक स्रोतले बतायो। उनले आयोजना प्रमुख सञ्जय श्रेष्ठलाई हटाएका छन्। उक्त जिम्मेवारी सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशव शर्मालाई दिएका छन्।

श्रेष्ठ आगामी चार महिनापछि सेवानिवृत्त हुँदैछन्। ‘मलाई हटाइएको भन्ने सुनेँ,’ श्रेष्ठले भने, ‘पत्र पाएको छैन।’ आयोजनाले आगामी आइतबार (मंसिर २३) पूर्व योग्यता सूचीमा परेका ठेकेदारमध्येबाट आर्थिक र प्राविधिक रूपले सबैभन्दा उत्कृष्टलाई छनौट गर्र्दैछ।आयोजनाको ठेक्काका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीको प्रस्ताव छ। जापानी ऋण भए पनि यो ठेक्कामा विश्वव्यापी प्रतिस्पर्धा हुन लागेको हो। गत साउन २४ गते विश्वव्यापी प्रतिस्पर्धा गराइएको थियो।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago