७ यात्रु बोकेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन, यात्रुको सूची

काठमाडौं भाद्र २३ ।  गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। 9NALS कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

काठमाडौंबाट २५ नटिकल दूरीमा आएपछि हेलिकोप्टर सम्पर्कविहीन भएको तिवारीले बताए। हेलिकोप्टर धादिङको खनियावास गाउँपालिका माथिको आकाशमा आाएपछि हराएको हो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।

हेलिकोप्टरमा एक जना क्याप्टेनसहित ७ जना यात्रु छन्। तिवारीका अनुसार एकजना यात्रु सम्पर्कमा आएका छन्। उनले हेलिकोप्टर दुर्घटना भएको र आफू सकुशल रहेको बताएको तिवारीले जानकारी दिए।

उद्धारका लागि गएको अल्टिच्युड एयरको अर्को हेलिकोप्टर खराब मौसमका कारण फिर्ता भएको र खोजीको प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

प्रहरीका अनुसार उक्त होलिकोप्टर ७ बजेर ३५ मिनेटमा गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो। त्यहाँबाट एकजना जापानी नागरिकसहित पाइलटसहित ७ जना लिएर बिहान ७ बजेर ४० मिनेटमा उडेको थियो।

को को थिए हेलिकोप्टरमा ?

हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
हिरा शेर्पा (वर्ष ३५, दोलखा
ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
सुनिल तामाङ (वर्ष २२)
निश्चल केसी (पाइलट)

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago