जापानका विद्यालयहरुमा रोबोटले अंग्रेजी पढाउदै , अंग्रेजी भाषा को बिकाश हुने बिस्वास ।

२०७५, ६ भाद्र बुधबार १४:३१

जापान अगस्ट २२ बिस्वास आचार्य ।
जापान सरकार बच्चाको साथ साथै शिक्षकहरुको पनि अंग्रजी सुधार्नको लागी आर्टिफिशियल इंटेलिजेन्स (एआइ) को मद्यत लिदैछन् । बच्चाहरुलाई अंग्रेजी बोल्न तथा लेख्न सिकाउनको लागी जापानमा अगिल्लो बर्ष ५०० कक्षा कोठामा एआइ रोबोट राखिनेछ ।

देशमा मुख्य रुपमा जापानी भाषा बोलिने र लेखिने गरिन्छ । यही कारण यहाँका मानिसहरुको अंग्रेजी धेरै नै कमजोर छ । जापानमा दुई बर्ष पहिला दश बर्षभन्दा माथिका बच्चाको लागी अंग्रेजी अनिवार्य गरिएको थियो । २०२० सम्म प्राथमिक विद्यालयमा पनि यसलाई अनिवार्य गरिने भएको छ, तर स्कुलमा अहिलेपनि अंग्रेजी राम्रो पढाउने शिक्षकहरुको कमी रहेको छ । यसकारण सरकारले यो कदम उठाएको हो ।

अन्तराष्ट्रिय शिक्षा सँग जोडिएको एक अधिकारीका अनुसार, अंग्रेजी पढाउनको लागी बनाइएको एआइ रोबोट हरेक बच्चाले उच्चारण गरेको अंग्रेजीको पनि जाँच गर्न सक्दछ । कैयौ पटक त शिक्षकहरुको लागी पनि यो कठिन हुन्छ । बच्चाहरुलाई अंग्रेजीमा निपुण बनाउनको लागी रोबोटको साथै एप तथा अनलाइन क्लासको पनि मद्यत लीइनेछ । केही प्राथमिक तथा माध्यमिक विद्यालयले अंग्रेजी पढाउनको लागी पहिलोदेखी नै एआइ रोबोटको प्रयोग गरिरहेका छन् ।

Comments

ताजा खबर