२४ औ बिश्ब आदिबासी दिबस एक कार्यक्रम गरी सम्पन्न ।

२०७५, २८ श्रावण सोमबार ११:४३

जापान अगस्ट १३ बिस्वास आचार्य ।   आईतवार जापानको राजधानी टोकियोको सिनओकुबोस्थित रोयल गार्डेन रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले २४ औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम आदिवासी महासंघका महासचिव शान्ता पहारीले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष टेक बहादुर लिम्बु को सभापति  रहनु भएको थियो । कार्यक्रममा नेपाली राजदुतावास जापानका राजदूत प्रतिभा राणा रहनुभएको थियो । विशिष्ठ अतिथिमा NRNA जापानका बरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु मा पत्रकार महासँघ जापान शाखा का अध्यक्ष मोहन घले, जापानमा रहेका संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधीहरु, जापानमा रहेका राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरु र विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको रहेका थिए ।

कार्यक्रममा बोल्दै महामहिम राजदूत महामहिम प्रतिभा राणाले आदिवासी जनजाती हरुलाई शुभकामना दिंदै आदिवासीका नाना,माना,सवै झल्किने कला, संस्कृतिलाई टोकियोमा हुन लागि रहेको नेपाल फेस्टिबल मा समाबेश गरेर नेपाललाई सगरमाथा र  बुद्ध  देश ले मात्रले होइन कला, संस्कृति ले पनी चिनाउन सकिने बताउनुभयो ।

कार्यक्रम मा शुभकामना मन्तब्बे राख्ने हरुमा विशिष्ठ अतिथि NRNA जापानका बरिष्ठ उपाध्यक्ष , अथितिहरु मा पत्रकार महासँघ जापान शाखा का अध्यक्ष मोहन घले, जापानमा रहेका संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधीहरु, जापानमा रहेका राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरु ले शुभकामना दिनु भएको थियो ।

कार्यक्रम मा जापानमा रहेका जनजातिका गित , नाच , झाकी साथै जनजातिका बाजा बाट कार्यक्रम मा अझ बढी रौनक थपेको थियो । कार्यक्रम मा जापान रहेका जनजाति हरु को उल्लेखनिए सहभगि भैई शुभकामना साटा साट गरेका थिए ।

कार्यक्रमको अन्त्यमा जनजाती महासंघका अध्यक्ष टेक बहादुर लिम्बु ले कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिहरुलाई शुभकामना दिदै जनजातीको पहिचान र अधिकारको लागी सम्बन्धित निकायहरुसँग पहल गर्न सधै आफू तयार रहेको भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्नेहरु प्रति आभार प्रकट गर्नुभएको थियो ।

Comments

ताजा खबर