पाल्पा मा विद्युतीय सामान बोकेको जिप दुर्घटना भएकोछ ।

२०७५, १९ श्रावण शनिबार २१:५०

भबिन्द्र गौतम साउन १९ पाल्पा । विद्युतीय सामान बोकेर ठिमुरे बाट तानसेन तर्फ आउदै गरेको जिप रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्मा दुर्घटना हुदाँ जीपमा सवार दुईजना लाई दुर्घटनाग्रस्त जिपले च्यापिएका छन् ।

च्यपिनेहरु तानसेन १० का २५ वर्षिय विवेक पौडेल र डोल्पा घर भई सोहि स्थानमा बस्दै आएका ३६ वर्षिय टंक चलाउने रहेका छन । जीपमै च्यापिएका उनीहरु जीवित रहे नरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जीप सडकदेखि ५० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ । राती अवेर सम्म उद्धार हुन सकेको छैन् । वा १ च ७९७० नम्वरको हाइलक्स जिप दुर्घटना भयको हो ।

Comments

ताजा खबर