बुगीवुगीमा कडा प्रतिस्पर्धा, टप फाइभ मा परिनन् श्रृष्टि

२०७५, ३१ असार आईतवार १२:४४

काठमाडौँः एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फाइभबाट श्रृष्टि महर्जन बाहिरिएकी छन् ।

बुगीवुगीको टप फोर लागि भएको प्रतिस्पर्धामा पछि पर्दै उनको यात्रा टुंगिएको हो । शुक्रबार राति टप फोरका लागि भएको नृत्यको कडा प्रतिस्पर्धाका क्रममा श्रृष्टिको यात्रा टुंगिएको हो ।

दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा श्रृष्टि सबैभन्दा तल पर्दै बाहिरिएकी हुन् । अब टप फोरका प्रतिस्पर्धीका लागि आगामी बिहीबार साँझ आठ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि भोट गर्ने समय तोकिएको छ ।

टप फोरमा अब कबिता नेपाली, प्रगति पुन, रबिन भुजेल र सरोज मोक्तानबीच प्रतिस्पर्धा हुनेछ । आफ्नो रोजाईका कलाकारलाई अगाडि बढाउन भोट गर्ने समय बिहीबार राति ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म तोकिएको एपीवान टेलिभिजनले जनाएको छ ।

अघिल्लो साता टप फाइभका लागि लागि भएको प्रतिस्पर्धमा प्रतिष्ठा पौडेल बाहिरिएकी थिइन् ।

Comments

ताजा खबर