गुन्डा नाइके दावा लामाको सहयोगी सत्यमान लामा बालुवाटारबाट पक्राउ

२०७५, २८ असार बिहीबार १३:२३

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दावालाई बालुवाटारबाट पक्राउ गरेको हो ।

काभ्रे स्थायी घर भएका सत्यमान दावाका सहयोगी भएर काम गर्दै आएका थिए । उनी नेकपा एमालेका कार्यकर्तासमेत भएको प्रहरीले जनाएको छ । सत्यमान लामालाई लुटपाट, गुन्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको भन्दै प्रहरीले खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।

प्रहरी स्रोतका अनुसार सत्यमानले बुद्धचित्त मालाको पनि तस्करी गर्ने गरेको आरोप छ । उनलाई सार्वजनिक अपराध ऐन अन्र्तगत म्याद थपेर कार्वाही प्रक्रिया अगाडी बढाइने एसएसपी पोखरेलले बताए ।

Comments

ताजा खबर