केपी ओली सरकारले पछिल्लो शेरबहादुर देउवा मन्त्रिपरिषदले गत भदौ १४ गतेयता फागुन २ गतेसम्म गरेका सबै नियुक्तिका निर्णयहरु उल्ट्याउने भएको छ।
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअनुसार विभिन्न ठाउँमा देउवा सरकारले नियुक्त गरेका पदहरुमा ओली सरकारले पुनर्नियुक्ति गर्ने भएको हो। त्यस्तै, बैठकले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकलाई फिर्ता गरेर अर्को परिमार्जित विधेयक लैजाने निर्णयसमेत गरेको छ।
त्यस्तै, वाणिज्य सचिव चन्द्र घिमिरेलाई चीनमा पारवहन सन्धिका लागि पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।
सरकारले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसको विवरण जिल्ला समन्वय समितिमा राख्ने निर्णयसमेत गरेको छ।
त्यस्तै प्रदेश सरकारका सांसद तथा मन्त्रीहरुको सम्पत्ति विवरण पनि मुख्यमन्त्रीले राख्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…