आइपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, मुम्बइविरुद्ध लिए ३ विकेट

२०७५, ६ जेष्ठ आईतवार १९:३४

जेठ ६, २०७५
इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।

मुम्बइविरुद्धको आइतबार जारी खेलमा सन्दीपले ३ विकेट लिएका हुन्।

सुरुमै बलिङको मौका पाएका आइपिएलमा जमेका भारतीय ब्याटम्यान सूर्यकुमार यादवलाई पहिलो ओभरको चौथो बलमै सन्दीपले पवेलियन फर्काएका हुन्। त्यसपछि दशौं ओभरमा आएका सन्दीपले किरण पोलार्ड र कुनल पाण्डेलाई आउट गरे।

सन्दीपले आएट गरेका तीनै जना खेलाडीको आइपिएल प्रदर्शन एकदमै राम्रो छ।

Comments

ताजा खबर