Categories: समाचार

हिन्दू जागरण नेपालको रुपन्देही जिल्ला मा नगर समिति गठन

रुपन्देही , श्रावण १९ नारायण कोइराला :- धर्म परिर्वतन मुक्त नेपाल, जातिय छुवाछुत मुक्त नेपाल र सनातन हिन्दू अधिराज्य नेपाल भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आएको हिन्दू जागरण नेपालले देशका विभिन्न जिल्ला र स्थानिय तहमा आफ्नो संगठनलाई विस्तार गर्ने कार्य अनुरुप आज रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिकामा माधवि शर्मा वाग्लेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र तिन सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

जसको उपाध्यक्षमा राधा नेपाल, सचिवमा भिमा खनाल कोषाध्यक्षमा रामप्रसाद काफ्ले, सहसचिवमा उमकान्त चापागाई रहेका छन् भने सदस्यहरुमा केशव अधिकारी, मोहनलाल भट्राई, नारायण नेपाल, रुद्र बहादुर पछाई, विष्णुमायाँ भुषाल, इन्दिरा के.सी. सुनिता सिलवाल, शिला क्षेत्री, कृष्ण शाही, मधु जि.सी., गंगा पाण्डे क्षेत्री, निर्मला ठकुरी रहेका छन् । समिति सल्लाहकारको रुपमा बरिष्ट समाजसेवी श्री भिमलाल अधिकारी, बरिष्ट समाजसेवी डि.आर. शर्मा वाग्ले र पुर्व मन्त्रि प्रकाश चित्रकार रहेका छन् ।

कार्यक्रम जिल्ला शाखाका अध्यक्ष उमा ढकालको अध्यक्षतामा र गोब्रति योगी सोमराज जी महाराजको प्रमुख आतिथ्यता रहेको थियो । बृहत धार्मिक सत्संग कार्यक्रमका प्रमुख बक्क्त योगी सोमराज जी महाराजले हिन्दू धर्म सतानतदेखि चलिआएको प्रकृति पुजकको रुपमा रहेको विश्वको सबै भन्दा बैज्ञानिक र पुरानो धर्म समेत रहेको कुरा बताउनु भएको थियो ।

सत्संग कार्यक्रम पछि राधे परिवार सिद्धार्थनगरको तर्फबाट सुमधुर धार्मिक भजनको आयोजना समेत गरिएको थियो । कार्यक्रममा हिन्दू जागरण नेपालका केन्द्रिय संगठन विभाव प्रमुख हरिशरण पाण्डे, केन्द्रिय लेखा संयोजक पुर्णप्रसाद पौडेल, जिल्ला शाखाका पदाधिकारी लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालक हिन्दू जागरण नेपालका केन्द्रिय सदस्य नारायणप्रसाद कोइरालाले गरेको थिए ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago