Categories: समाचार

ईजिलिङले सेवा बिस्तार गर्दै ,नेपाल बैंकका १४० शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने ।

काठमाडौ भाद्र १८ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसेन्स प्राप्त नेपालको पहिलो सेवाप्रदायक रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह, मुख्य प्रबन्धक होम बहादुर खड्का ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवाप्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह दुबै जना धादिङ जिल्ला मैदी गा.बि.स मा जन्मनुभएका हुन भने रेमिट्यान्स र बैंकिङ् क्षेत्रमा सफल अनि छुट्टा–छुट्टै सफल पहिचान बनाएका अर्याल र शाह पारिवारिक रुपमै पनि राम्रो घनिष्टता रहेको र दुबै जनाले यो सम्झौता लाइ संयोग नै मानेका छन् ।
युवा रेमिट्यान्स ब्यबसायी अर्याललाइ शाह ले यस सम्झौताले पारिवारिक मात्र नभइ ब्यबसायिक सम्बन्ध पनि मजबुत भएको र अत्यन्त गर्व र हर्ष का साथ थप सफलताको लागि पनि शुभकामना दिनुभयो । यो सम्झौतापछि अब जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत आएको रकम नेपाल बैंकका देशभरी रहेका १४० शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ ।

इजीलिंक रेमिट्यान्सले विगत लामो समयदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए ।

यसै विच ईजिलिङले गरिमा विकास बैंक पनि सेवा बिस्तार गर्ने सहमति भएको छ । गरिमा विकास बैकका कार्यकारी अधिकृत गोविन्द ढकाल विच सेवा प्रदान गर्ने सहमति सम्पन्न भएको छ । यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ५००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago