Categories: समाचार

बलेवा सेवा समाज जापानले तिज मेला गर्दैछ

तोकियो सेप्टेम्बर २ । जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले तिजको अवसरमा तिज मेला २०१८ गर्ने भएको छ ।

नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवरसमा स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेलाको तयारी तिव्र बनाएको छ ।

सेप्टेम्बर ९ तारिक आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने तिज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण अखेलिले सांगितिक प्रस्तुति दिने समाजका अध्यक्ष सेवक पिसिले जानकारी दिनुभयो ।

स्वास्थय शिविरका साथै विदेशमा रेहेका बलेवालि तथा सम्पुर्ण नेपालि मित्रता र आपसि सद्भावका वृद्धि गर्ने उद्धेश्य सहित तिजको अवसर परि तिज मेला सञ्चालन गर्न लागिएको अध्यक्ष पिसिले बताउनुभयो ।

टोकियो मेकुरो कुमिन सेन्टमा आगामि आईतबार साँझ ५ बजे देखि मेला सञ्चालन हुने समाजले जनाएको छ । समाजले विभिन्न समयमा शिक्षा तथा स्थास्थ्यका क्षेत्रमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आई रहेको छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago