तिर्थयात्री बोकेको बस दुर्घटना , कम्तिमा पनि १६ जनाको मृत्यु, २७ घाइते

भारत प्रशासित काश्मिरमा धार्मिक पर्यटक लिएर गुडिरहेको एउटा बस आइतबार सडकबाट चिप्लिएर एक खोल्सामा खस्दा कम्तिमा १६ तीर्थयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीनगरबाट १०७ किलोमिटर टाढा पर्ने रामवाण जिल्लामा दुर्घटना भएको र मृत शरीरका साथै घाइते भएका सवैजनालाई स्थानीय नागरिक र प्रहरीको सहयोगमा अस्पताल पु¥याइएको छ । मृतकका पहिचान भने भइसकेको छैन । “तीर्थयात्री रहेको बस सडकबाट चिप्लिएर श्रीनगर–जम्मु राजमार्गको नसरानास्थित खोल्सामा खसेको,” श्रीनगरका प्रहरी प्रवक्ताले जनाउनुभएको छ । घटनास्थलमा १६ जनाको मृत्य भएको छ भने १९ जनालाई गम्भीर घाइते अवस्थामा अस्पताल पु¥याइएका, उहाँले बताउनुभयो ।

आठ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केही जनालाई विमानमार्फत जम्मुस्थित अस्पतालमा लगिएको छ । हिन्दु तीर्थधाम अमरनाथमा हरेक बर्षको वर्षायाममा खुल्ने पूजाका लागि यही जुन २९ गतेदेखि यात्राका लागि खुला गरिएपछि भएको यो यस क्षेत्रको सवैधन्दा ठूलो सडक दुर्घटना हो । यसबर्ष मात्रै एक लाखभन्दा बढी तीर्थालुले अमरनाथको भक्तिपूर्वक दर्शन गरिसकेका छन् ।

उच्च हिमालयको काखमा रहेको गुफामा भगवान् शिवको आराधना गर्न हरेक बर्ष भारतका विभिन्न राज्य, नेपाल लगायतका देशबाट ठूलो सङख्यामा उपस्थिति रहने गर्छ ।भारतमा कमजोर सडक संरचना, भौगोलिक विकटता, क्षमता भन्दा बढीभार तथा चालकको लापर्बाही लगायतका कारण बर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago