ब्याटिङ नचल्दा नेपालको हार, ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

काठमाडौँ, १६ साउन : पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ ।
नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो ।

नेपालका लागि कप्तान पारस खड्काले १२, अनिलकुमार साहले २१, दीपेन्द्रसिंह ऐरीले ३३, शक्ति गौचनले नौ र शरद भेषवाकरले चार रन बनाएका थिए । आरिफ शेख, करण केसी, सोमपाल कामी र वसन्त रेग्मी शून्यमै आउट भएका थिए भने सन्दिप लामिछानेले एक रन जोडेका थिए ।

नेपाललाई १३४ रनमा समेट्ने क्रममा नेदरल्याण्डसँगका एफ जे क्लासेनले तीन, एमजेजी रिप्पोनले तीन, पिएम सिलारले तीन र बिएफडब्लु डि लिडेले एक विकेट लिएका थिए । सन् २०१४ पछि पहिलोपटक एकदिवसीय खेल खेलेको नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिएका थिए ।

नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रन मात्र दिएका थिए । त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक÷एक विकेट लिए ।

सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

नेपालका बलर सोमपाल कामी अन्तर्राष्ट्रिय एकदिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् ।

सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गर्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेटमा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका हुन् । यसैगरी ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालका तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।

ओपनिङ ब्याट्म्यानका रुपमा मैदान आएका मल्लले आठ चौकाको मद्दतले ५६ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । उनी ५१ रनमा आउन भए । यसअघि त्यसअघि भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड ४७.४ ओभरमा १८९ रनमा अलआउट भएको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago