फेसबुकको न्यूजफिडमा ,व्यवसायिक पोष्टलाई कम प्राथमिकता दिने .

२०७४, ३० पुष आईतवार २२:०३

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ब्राण्ड व्यवसाय, र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी परिवर्तन गर्न लागेको जानकारी दिएका छन्।

उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ ।

यसको परिणामस्वरुप व्यवसायिक संगठनहरुले आफ्नो पोष्टहरुको लोकपि्रयता घटेको महसुस गर्ने उनको स्वीकारोक्ति छ ।

आगामी केही हप्ताभित्र नयाँ परिवर्तन लागू भइसक्ने छ । ‘हामीले हाम्रो समुदायबाट के फिडब्याक पायौं भने व्यवसाय, ब्रान्ड र मिडियाका पोष्टहरुले

हामीलाई एक अर्कासँग नजिक ल्याउने व्यक्तिगत क्षणहरुलाई ओझेलमा पारिदिए’ जुकरबर्गले लेखेका छन् ।

यसबाट अनलाइन मिडिया बढी प्रभावित हुनसक्ने बताइएको छ। उनीहरुले फेसबुकमा आफ्नो पोस्टको लोकप्रियता कम भएको देख्नसक्नेछन्

Comments

ताजा खबर