२० सेकेण्डभित्रै आगलागी नियन्त्रण गर्न सकिने प्रविधि नेपालमा

उद्योगधन्दा र प्रज्वलनशिल पदार्थ भएको स्थानमा आगलागीको जोखिममा वृद्धि भएपनि जोखिम न्युनकरणका लागि नेपालमा प्रभावकारी विकल्प तथा योजनाको कमी देखिन्छ ।
प्रभावकारी अग्नी नियन्त्रणका उपकरणको अभावमा आगलागी समयमा नियन्त्रण गर्न नसक्दा कयौं पटक यस्ता क्षति ब्यहोर्नुपरेको छ । अग्नी नियन्त्रणलाई मध्यनजर गर्दै बजारमा धेरै खालका फायर रेस्कु ग्यास उपकरण उपलव्ध भएको भएपनि तिनको प्रयोग त्यति प्रभावकारी हुन सकिरहेको छैन ।

जापानी प्रविधिको अग्नीनियन्त्रक आगो नियन्त्रणका लागि जापानी प्रविधिमा आधारित अग्नी नियन्त्रण गर्ने फायरस्क्यू नेपाली बजारमा उपलव्ध छ । काठमाडौंको नक्सालस्थित अब्सोलुट इन्टरनेसनल प्रालिले अत्याधुनिक जापनिज अग्नी नियन्त्रक (फायररेस्क्यू) नेपाली बजारमा ल्याएको छ । कम्पनीले आगलागी भएको ४ देखि २० सेकण्डभित्रमा आगो नियन्त्रण गर्नसक्ने क्षमता यस उपकरणमा भएको दाबी कम्पनीले गरेको छ । यो उपकरण प्रयोग गर्न विशेष तालिमको आवश्यकता नपर्ने र बृद्धा तथा बालबालिकाले समेत सजिकै प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।

अत्यन्त कम समयमा आगो निभाउन सक्ने क्षमता भएको नेपाली परिवेस सुहाउँदो अत्याधुनिक जापानिज प्रविधिबाट निर्मित उपकरण निकै उपयोगी रहेको कम्पनीले जनाएको छ ।
सो अग्नी नियन्त्रकको प्रयोगले वातावरणमा कुनै पनि असर नपार्ने, घर, कार्यालय, अस्पताल, स्कूल, कलेज, पसल, होटल, पेट्रोलपम्प तथा उद्योगहरुमा राखेर प्रयोग गर्न सकिन्छ ।
रिफिल गरिहनुपर्ने झण्झटबाट मुक्त समेत नरहेको सो उपकरण निकै सस्तो, भरपर्दो र प्रभावकारी छ । नेपालमै यस्तो खाले उपकरण पहिलो भएको कमपनीको दाबी छ ।

‘५ वर्षमा आगलागी ९० प्रतिशत घट्छ’ कम्पनीका अध्यक्ष नवीन थापा भन्छन्, ‘आगलागीको उच्च जोखिम रहेको नेपालमा यो प्रविधि निकै उपयोगी देखेर जोखिम मोलेको हुँ । यसको प्रयोग बढाए आगामी ५ वर्षभित्र आगलागीको जोखिम ९० प्रशित घटाउन सकिन्छ ।’
सरकारले नै अगालागी नियन्त्रकको प्रयोग गर्न कानूनी बाध्यता गर्नुपर्ने थापाको तर्क छ । उनी भन्छन्, ‘सरकारले घर निर्माण सम्पन्न गर्दासम्म अनिवार्य हुनुपर्ने सामग्री जस्तै अग्नी नियन्त्रक पनि अनिवार्य गर्नुपर्छ । जसले जोखिम घटाउँछ ।’ नेपालीहरु दुर्घटना तथा जोखिम न्यूनिकरणबारे पहिले सतर्क हुनै नमान्ने उनको अनुभव छ । यो अत्याधुनिक प्रविधि नेपालको भित्र्याएको एक वर्षको अवधिमा २५ सय देखि ३ हजार सिलिण्डर बिक्री भएको थापाले बताए ।

यस्तो प्रविधि बेच्न कसरी कन्भिन्स गर्नुहुन्छ ?’ लोकान्तरको प्रश्नमा थापा भन्छन्, ‘निकै कठिन छ, आगलागी हुनुभन्दा पहिले त नेपाली आगलागी हुन्छ र ? भनेर प्रतिप्रश्न गर्ने तर दुर्घटनापछि पछुताउने प्रबृत्ति छ । यसका लागि सार्वजनिक तथा कानूनी बाध्यता नै उत्तम उपाय हो ।’ ४५ फिटको दुरीमा रहेको आगो नियन्त्रण सोडियम क्लोराइड, एमोनियम बाइकार्बोनेट, युरिया, एमोनिया सलग्रेटजस्ता पदार्थबाट बनेको सो अत्याधुनिक अग्नी नियन्त्रकलाई पानीमा मिसाएर समेत आगो निभाउन सकिने थापा बताउँछन् । उनका अनुसार सो उपकरणलाई माइनस १० देखिप्लस ६० सेण्टिग्रेडसम्मको तापक्रममा राख्न र प्रयोग गर्न सकिन्छ ।

कम्पनीले सामान्यतया ६ सय ५० मिलिलिटर अग्नी नियन्त्रक पदार्थ रहेको सिलिण्डर बनारमा पठाउने गरेको छ । कम्पनीकाअनुसार एक सिलिण्डरले सामान्यतया एउटा कोठामा लागेको आगोलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । एक सिलिण्डर (फायरस्क्यू) (६ सय ५० मिमिललिटर) मा ६ लिटरभन्दा माथि पानी मिसाएर समेत प्रयोग गर्न सकिन्छ । ४५ फिटको दुरीमा रहेको आगो नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ । यसैगरी ठूला उद्योगहरुले जर्किनहरुमा लगेर राख्ने सक्ने कम्पनीले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago