देशभर घोषित अघोषित कुनै लोडसेडिङ छैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देशभर घोषित अघोषित कुनै पनि किसिमको लोडसेडिङ नरहेको स्पटोक्ति दिएका छन् । हिउँद लागेसँगै नदीमा पानीको सतह घटेकाले प्राधिकरणले लोडसेडिङ गर्न लागेको चर्चा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सुरु भएपछि कुलमानले यस्तो प्रष्टिकरण दिएका हुन् ।
‘अहिले औद्योगिक ग्रहाकलाई दैनि तीन घण्टाबाहेक अन्य ग्राहकलार्य घोषित-अघोषित कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौँ’, कुलमानले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘प्राविधिक समस्याले कहीँ कतै विद्युत् अवरुद्ध भएको अवस्थामा त्यस्ता समस्या तत्काल प्राविधिक टोली पठाएर आपूर्ति सुचारु गर्ने गरिएको छ ।’
कुलमानले ग्राहकको माग अनुसार आपूर्ति सहज बनाउन फिडर तथा ट्रान्सफरको क्षमता बढाइ समम्र विद्युत् वितरण प्रणालीलाई सुदृढीकरण गर्ने काम उच्च प्राथमिकतामा राखेको पनि बताएका छन् । हिउँदमा विद्युत् उत्पादन घटेपनि माग र आपूर्तिबीच सन्तुलन विग्रँदा केही चुनौती थपिएको छ । तर, गत वर्षझैँ यो वर्षको हिउँदमा पनि लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेका छौँ । यस्तो छ विद्युत् उत्पादनको अवस्था
प्राधिकरणका अनुसार विद्युत्को उच्च मागको अहिलेको अवस्थामा प्राधिकरणले आफ्ना आयोजनाबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३६४ मेगावाटसहित जम्मा ९६४ मेगावाट बिजुली आपूर्ति भइरहेको छ ।
‘अहिलेको अवस्थामा अझै ३०० मेगावाट बिजुली कम हुने गरेको छ । त्यसको सन्तुलन मिलाउन प्राधिकरणले औद्योगिक ग्राहकको हकमा विद्युत् उच्च माग हुने समयमा करिब ३ घण्टा बिजुली कटौती गर्नुपरेको अवस्था छ’, प्राधिकरणले भनेको छ ।
प्राधिकरणले यो वर्ष पनि नेपालका सबै जलविद्युत् आयोजनालाई दुरुस्त अवस्थामा राख्ने र भारतको बिजुली पनि नियमित आपूर्ति गर्ने योजना बनाएको छ । ‘नेपाल बिजुलीमा आत्मनिर्भर नहुन्जेल भारतबाट आपूर्ति गरिरहने नीति लिएका छौँ’, कुलमानले भनेका छन्, ‘अहिलेकै प्रक्रियालाई निरन्तरता दिन भारत सरकार र सम्बन्धित निकायसँगको छलफलपछि सहयोग मिलिरहेको छ ।’
कुलमानले विद्युत् बढी खपत हुने समय बिहान र साँझ हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्प लगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन पनि उपभोक्तालाई अपिल गरेका छन् । ‘गत वर्षझैँ सहयोग मिल्यो भने ‘उज्यालो नेपाल’ बनाउने हाम्रो योजना निकट भविष्यमै सफल हुनेछ’, कुलमानले भनेका छन् ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago