देशभर घोषित अघोषित कुनै लोडसेडिङ छैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देशभर घोषित अघोषित कुनै पनि किसिमको लोडसेडिङ नरहेको स्पटोक्ति दिएका छन् । हिउँद लागेसँगै नदीमा पानीको सतह घटेकाले प्राधिकरणले लोडसेडिङ गर्न लागेको चर्चा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सुरु भएपछि कुलमानले यस्तो प्रष्टिकरण दिएका हुन् ।
‘अहिले औद्योगिक ग्रहाकलाई दैनि तीन घण्टाबाहेक अन्य ग्राहकलार्य घोषित-अघोषित कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौँ’, कुलमानले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘प्राविधिक समस्याले कहीँ कतै विद्युत् अवरुद्ध भएको अवस्थामा त्यस्ता समस्या तत्काल प्राविधिक टोली पठाएर आपूर्ति सुचारु गर्ने गरिएको छ ।’
कुलमानले ग्राहकको माग अनुसार आपूर्ति सहज बनाउन फिडर तथा ट्रान्सफरको क्षमता बढाइ समम्र विद्युत् वितरण प्रणालीलाई सुदृढीकरण गर्ने काम उच्च प्राथमिकतामा राखेको पनि बताएका छन् । हिउँदमा विद्युत् उत्पादन घटेपनि माग र आपूर्तिबीच सन्तुलन विग्रँदा केही चुनौती थपिएको छ । तर, गत वर्षझैँ यो वर्षको हिउँदमा पनि लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेका छौँ । यस्तो छ विद्युत् उत्पादनको अवस्था
प्राधिकरणका अनुसार विद्युत्को उच्च मागको अहिलेको अवस्थामा प्राधिकरणले आफ्ना आयोजनाबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३६४ मेगावाटसहित जम्मा ९६४ मेगावाट बिजुली आपूर्ति भइरहेको छ ।
‘अहिलेको अवस्थामा अझै ३०० मेगावाट बिजुली कम हुने गरेको छ । त्यसको सन्तुलन मिलाउन प्राधिकरणले औद्योगिक ग्राहकको हकमा विद्युत् उच्च माग हुने समयमा करिब ३ घण्टा बिजुली कटौती गर्नुपरेको अवस्था छ’, प्राधिकरणले भनेको छ ।
प्राधिकरणले यो वर्ष पनि नेपालका सबै जलविद्युत् आयोजनालाई दुरुस्त अवस्थामा राख्ने र भारतको बिजुली पनि नियमित आपूर्ति गर्ने योजना बनाएको छ । ‘नेपाल बिजुलीमा आत्मनिर्भर नहुन्जेल भारतबाट आपूर्ति गरिरहने नीति लिएका छौँ’, कुलमानले भनेका छन्, ‘अहिलेकै प्रक्रियालाई निरन्तरता दिन भारत सरकार र सम्बन्धित निकायसँगको छलफलपछि सहयोग मिलिरहेको छ ।’
कुलमानले विद्युत् बढी खपत हुने समय बिहान र साँझ हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्प लगायतका विद्युतीय उपकरण प्रयोग नगरिदिन पनि उपभोक्तालाई अपिल गरेका छन् । ‘गत वर्षझैँ सहयोग मिल्यो भने ‘उज्यालो नेपाल’ बनाउने हाम्रो योजना निकट भविष्यमै सफल हुनेछ’, कुलमानले भनेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago