सीताप्रतिको प्रचण्डको अपूर्व प्रेम

एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन्।

उनलाई पूर्ववत स्थितिमा ल्याउन प्रचण्डले हर कोशिष गरिरहेका छन्। सम्हालिन नसकेकी सीतालाई उनले पहिलेभन्दा बढि स्नेह दिएका छन्, माया दर्शाएका छन्।

चुनावी अभियानमै रहँदा ३ कार्तिकमा प्रकाशको निधन भयो। चुनावका कारण प्रचण्डले सीतालाई घुमाउन त लैजान पाएनन्। तर चुनाव अवधिभर उनको साथ छाडेनन्।

चुनाव सकिएलगत्तै चितवनको पर्यटकीय स्थल पटिहानी पुर्याए। काठमाडौं फर्केपछि पनि उनले बुधबार सीतालाई घुमाउन काभ्रेको धुलिखेल पुर्‍याए।

चुनावपछि जे जस्तो राजनीतिक परिस्थिति सिर्जना हुँदैछ, खासमा यो प्रचण्डका लागि घुमिहिँड्ने समय होइन र अरुबेला घुमफिरमा रुचि भएपनि राजनीतिक गतिरोध बढ्दा यसरी घुमफिर गरी हिँड्ने प्रचण्डको स्वभाव पनि होइन। तर पारिवारिक परिस्थितिका कारण उनी कहिले पटिहानी पुगेका छन् त कहिले धुलिखेल।

बुधबार काठमाडौंमा वामगठबन्धनको तर्फबाट विजयी प्रतिनिधिहरुलाई बधाई दिने कार्यक्रम भएपनि विह्वल सीताको मन भुलाउनका लागि उनी धुलिखेल पुगे। र, पत्नी सीतालाई त्यहाँको भट्टे डाँडास्थित स्याउ बगैंचा घुमाए। बगैंचामा बसेर उनले पत्नी सीतासँग फोटो पनि खिचाए। फोटोले देखाउँछ– सीता अझै सम्हालिएकी छैनन्।

सीताको विह्वलपना मात्र होइन, सीताप्रतिको प्रचण्डको अपूर्व प्रेमपनि यो फोटोले देखाउँछ। प्रचण्ड–सीताका साथमा सुरक्षाका लागि खटिएका एकजना प्रहरी छन्, साथै जेठी छोरी गंगा केसीतर्फकी जेठी नातिनी सृष्टि दाहाल केसी पनि छिन्।

सीताप्रतिको माया प्रदर्शनका लागि नै होला, सीताको दुवै काँधमा आफ्ना दुई हात राखेर प्रचण्डले फोटो खिचाएका छन्।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago