नियोजनका साधनबारे जान्नैपर्ने यी कुरा

हाम्रो इच्छाविपरीत कहिलेकाहीँ गर्भ बस्छ र बच्चा जन्माउन बाध्य हुनुपर्छ । यसको कारण परिवार नियोजनको साधनको प्रयोग सही तरिकाले नगर्नु पनि हो । नचाहँदानचाहँदै बच्चा जन्मन नदिन के गर्ने ? हामीले परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्छ । यी साधनबारे जानकारी पनि लिन सक्नुपर्छ ।

स्तनपान विधि :>
सुत्केरी महिलाले बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान मात्र गराएमा यसले गर्भधारण हुनबाट बचाउँछ । यो विधि प्रभावकारी बनाउन बच्चालाई पूर्ण रूपमा स्तनपान मात्र गराउनुपर्दछ । अन्य खाना वा झोल कुरा खुवाएको हुनु हुँदैन । बच्चा ६ महिनाभन्दा कम उमेरको हुनुपर्दछ । महिलाको महिनावारी फर्केको हुनु हुँदैन । यी सबै अवस्था पूरा भएको खण्डमा ९८ प्रतिशत गर्भ रहँदैन । यीमध्ये कुनै एउटा प्रभावकारी भएन भने गर्भ रहन सक्छ ।

तीनमहिने सुई :>
गर्भ रोक्नका लागि यो सुई महिलाले प्रत्येक तीन–तीन महिनामा लगाउनुपर्दछ । स्तनपान गराईरहेका महिलाले बच्चा जन्मिएको ६ हप्तापछिबाट मात्रै लगाउन मिल्छ । यसको प्रभावकारिता पनि अरूको जस्तै हुन्छ ।

पिल्स:>
यो प्रत्येक दिन एउटै समयमा एक चक्की खाने गर्नुपर्दछ । बच्चालाई स्तनपान नगराउने महिलाले मात्रै पिल्स प्रयोग गर्नुपर्दछ । सामान्य प्रयोगकर्तामा ९२ प्रतिशत प्रभावकारी हुन्छ । यसमा भएको औषधिले आमाको दूधको मात्रा घटाउने गर्दछ । त्यसैले स्तनपान गराउने महिलाले यसको प्रयोग गर्नु हुँदैन ।

कन्डम:>
कन्डम पुरुषले प्रयोग गर्ने अस्थायी साधन हो । यो कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । सामान्य प्रयोगकर्ताहरूमा यसको प्रभावकारिता ८५ प्रतिशत रहेको पाइन्छ । कन्डमको प्रयोगले एचआइभी एड्सबाट समेत बचाउँछ ।

आइयुसिडी :>
यो महिलाको पाठेघरमा राखिने एउटा प्रभावकारी साधन हो । यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्दछ । नभ्याएमा बच्चा जन्मेको ४८ घन्टाभित्र, शल्यक्रिया गरिएको समयमा, सुत्केरी भएको चार हप्तापछि पनि पाठेघरमा राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्षसम्म काम गर्दछ । आइयुसिडी ९९ प्रतिशत प्रभावकारी हुन्छ । यदि महिलालाई पुनः गर्भधारण गर्न मन लागे तालिमप्राप्त स्वास्थ्यकर्मीकहाँ गएर निकाल्न लगाउने, उनीहरूले सहज रूपमा निकाल्ने गर्दछन् । यसरी निकालेपछि महिला फेरि गर्भधारण गर्न सक्छन् । बच्चाको स्तनपानमा यसले कुनै पनि असर गर्दैन ।

इम्प्लान्ट :>
इम्प्लान्ट महिलाको पाखुरामा दक्ष चिकित्सकबाट राख्ने गरिन्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्मिएको ६ हप्तापछि इम्प्लान्टको प्रयोग गर्न सक्छन् । इम्प्लान्टले एकपटक राखेपछि पाँच वर्षसम्म काम गर्छ । यो पनि प्रभावकारी हुने र निकालेर पुनः गर्भधारण गर्न सक्ने हुन्छ । यसको प्रयोगले स्तनपानलाई असर पर्दैन ।

स्थायी बन्ध्याकरण :>
महिला वा पुरुषले गर्ने स्थायी बन्ध्याकरण एउटा अति प्रभावकारी विधि हो । स्थायी बन्ध्याकरण गर्दा सानो शल्यक्रियाको आवश्यकता पर्दछ । बच्चा जन्माएको ७ दिनदेखि ६ हप्ताभित्र महिला बन्ध्याकरण गर्न सकिन्छ । पुरुष बन्ध्याकरण भने जुनसुकै समयमा पनि गर्न सकिन्छ । यो विधि अपनाएपछि पुनः अर्काे बच्चा हुँदैन । पूर्ण रूपमा बन्द हुने भएकाले बच्चाको आवश्यकता पूरा भएपछि यो विधि अपनाउन सकिन्छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago