चितवनले दियो पोखरा लाई ११४ रनको तार्गेत

२०७४, ४ पुष मंगलवार ११:४८

एभेरेष्ट प्रिमियर लिगको दोस्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई १ सय १४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रन बनायो।

उसका लागि ओपनर अनिल मण्डलले ३२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। सात रन हुँदा ओपनर दिलिप नाथलाई ब्यक्तिगत ६ रनमा गुमाएको चितवनले १० रन हुँदा दोस्रो विकेटको रूपमा साबाज खानलाई शून्यमा गुमायो।

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र अनिल मण्डलले ६७ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए। तर ७७ रन हुँदा अनिल मण्डल ३२ रनमा आउट भएपछि चितवनले तेस्रो विकेट गुमायो। त्यसपछि ८८ रन हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ४२ रनमा आउट भए।

चितवनको स्कोर १ सय रन हुँदा पाँचौ विकेटका रूपमा भिम सार्कीलाई गुमाएको उसका लागि योगेन्द्रसिंह कार्की ७ रनमै आउट भए। बलिङतर्फ पोखराका लागि पाकिस्तानी खेलाडीहरू इस्राउल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए। विक्रम सोब र शक्ति गौचनले एक-एक विकेट लिए। अहिले पोखरा ले ब्यटिङ गरी रहेकोछ l

Comments

ताजा खबर