फेसबुकमा राष्ट्रपतिलाई गाली गलोज गर्ने पक्राउ

२०७४, २८ मंसिर बिहीबार १८:२९

फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ छन् ।

उनी काठमाडौंको कालिमाटीमा बस्दै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्ष जीवन श्रेष्ठले बताउनु भयो

सामाजिक सञ्जालमा गालीगलौजमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ l 

Comments

ताजा खबर