नेपालले दियो युएइलाइ २२२ रनको लक्ष्य

२०७४, २४ मंसिर आईतवार १५:०८
नेपालले दियो युएइलाइ २२२ रनको लक्ष्य

डब्लुसिएल च्याम्पियनसिप क्रिकेटमा नेपालले युएइलाइ २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी खेलमा नेपालले सरद भेस्वाकरको अविजित ८१ रन र ज्ञानेन्द्र मल्लको ५४ रनको मद्दतमा २२१ रन बनाएको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पुरा ५० ओभरको खेल सकिदा ६ विकेटको क्षतिमा मध्यम स्कोर खडा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले २० रन बनाउदा सोमपाल कामीले पनि २० रन नै बनाए । खेलमा दिलिप नाथले १६ रन बनाउदा बसन्त रेग्मीले १४ रन जोडे । युएइको लागि जाहर खानले १० ओभर बलिङ्ग गर्दै २ विकेट लिए । युएइले केहि बेरमा ब्याटिङ्ग गर्दै छ ।

Comments

ताजा खबर