सन २०२० सम्म ३ लाख विदेशी विद्यार्थी भित्र्याउने जापान सरकारको योजना

२०७४, २० मंसिर बुधबार १८:२०

टोकियो  जापान सरकारले सन २०२० सम्म ३ लाख विदेशी विद्यार्थी भित्र्याउने जापान सरकारको योजनाले गर्दा जापानमा जापानी भाषाका विद्यालयहरुको संख्या बढ्दै गएको छ ।
जापानी संञ्चार माध्यम एनएचकेले गरेको एक सर्वेक्षण अनुसार हाल जापानमा रहेका जम्मा ६ सय ४३ वटा भाषा विद्यालयमध्ये गतवर्षमा ८० वटा र पाँच वर्ष यता २ सय ६ वटा नयाँ विद्यालय खोलिएको जनाइएको छ । सर्वेक्षण पाँचवर्ष यता खुलेका १ सय ८० विद्यालयमा गरिएको थियो ।

जापानमा सञ्चालन गर्न खोलिएका उद्योगमध्ये आधाजति शिक्षा क्षेत्रका र अन्य रियल स्टेट, अस्थायी कर्मचारी व्यवस्थापन, हेरचाह सेन्टर रहेको सर्वेक्षणले देखाएको छ ।
हेरचाह सेन्टरका एक प्रमुखका अनुसार विदेशी विद्यार्थीहरुले जापानको व्यवसायलाई सुनिश्चित गरेको र दीर्घकालिन श्रमशक्तिका रुपमा विदेशी विद्याार्थीहरुलाई लिने आशा समेत जापानको औद्योगिक क्षेत्रले गरेको छ ।

कोबे विश्वविद्यालयका सह प्राध्यापक योशिहिसा साइतोले जापानको श्रमशक्ति कमी छ र जापानले विदेशी विद्यार्थीहरुबाट उक्त कमीलाई पूर्ति गर्ने सोचमा छ । उनले भने–सरकारले यस्तो परिस्थितिमा काम गर्ने ठाउँहरुको अवस्थालार्ई बुझ्न सक्नुपर्छ ।

Comments

ताजा खबर