जापानमा अहिले सम्म ४ जाना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

२०७७, १७ बैशाख बुधबार १५:२६

टोकियो । लामो समय देखी खानागावा केनमा बस्दै आएका ४८ वर्षिय  पुरुषमा संक्रमण देखिएको हो । ज्वरो तथा रुघा , खोकी लागिरहे पछी अस्पत्ताल गएर कोरोनाको परिक्षण गर्दा,  कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहान,एनआरएनए जापान कोरोना संक्रमण सहयोग संयन्त्रकी संयोजकलाई फोन सम्पर्क गरि जानकारी गराएपछि यो घटना बाहिर आएको हो ।

जानाकारी अनुसार उनको अवस्था सामान्य नै  रहेकाले घरमै बसेर बसेर औषधी सेवन तथा आरम गर्न सुझाब दिएको सोहि अनुरुप, उनि हाल आफ्नै निवासमा आरम गरिरहेको जानकारीमा आएको छ । एनआरएनए जापानको अध्यक्ष देविलाल भण्डारीका अनुसार, यसरी घरमै  बस्दा अरुमा पनि संक्रमण खतरा हुन सक्ने बताउदै आवश्यक उपचार को लागि हस्पिटलमै भर्ना गराउनका लागि पहल भईरहेको छ जानाकारी दिनु भयो ।  यो संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ४ जना पुगेको छ । यस घटना बारे राजदूतावासले थप जानकारी लिनेक्रममा रहेको जनाईएको छ । परिवारसंगै बस्दै आएका उनको परिवारका अन्य सदस्यमा हालसम्म संक्रमण नदेखिएको जनाईएको छ । 

Comments

ताजा खबर