प्राकृतिक प्रकोप ताइफुको असर कस्तो पर्छ त्यो आज भोलीमा थाहा हुनेछ ।
समाचारमा चर्चा चलेअनुसार जापानमा हरेक बर्ष ११ वटा ताइफु आउने र २ ताइफुले ठूला असर गर्ने गर्दछ ।
जापान ठूला आँधिवेहरीहरुका लागि तयार त छ तर यो सिजनको १९ औं आँधी अर्थात हागिबिसले थप खतरा निम्त्याउन सक्छ ।
बिशेष गरी तोकाई क्षेत्र ( नागोया, शिजुओका लगाएत) र कान्तो क्षेत्र (टोक्यो, साईतामा, चिवा लगायत अन्य) धेरै प्रभावित गर्दै छ । त्यस क्षेत्रमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरुलाई सावधानी अपनाउनु का साथै केही दिनको लागि आवस्यक पर्ने खाध्य सामाग्री हरु पनि ब्यवस्था गरी राख्नुहोला ।
हागिबिस शनिवार जापान आइपुग्दा ताइफुको केन्द्रिय चाप ९५० हेक्टापास्कल हुने जापान मेटेरोलोजिकल एजेन्सीको अनुमान छ । त्यही रफ्तारमा यो अगाडि बढेमा अहिले सम्मकै सक्तिशाली त हुने हैन भन्ने कुरा पनि अनुमान हुँदैछ । तसर्थ के होला कसो होला भन्न सकिने अवस्था छैन । त्यही भएर यदि ग्यास, पानी, बिजुली काटिने अवस्था आएमा पूर्व तयारी गर्नु उत्तम हुनेछ । त्यसको लागि ६ / ७ लिटर पानी, केही समय लाई पुग्ने नपकाइ खान मिल्ने खाने कुरा, मोबालय ब्यट्रि चार्ज, र चार्ज गरीचलाउन मिल्ने फ्ल्यास लाइट र ब्याक–अप ब्याट्रीहरु तयारि गर्नुनै प्रभावकारी उपाय हो ।
प्राकृतिक बिपत्त् हागिबिस जापानको हालसम्मकै खराब ताइफुसम्म बन्नसक्छ ।
त्यसैले प्रभाव पर्ने क्षेत्रमा बस्ने सबैजना ताइफुसम्बन्धि अपडेटहरु लिइरहन र आइलाग्न सक्ने जोखिमका लागि तयार रहनुपर्छ ।
यदी सोचेजस्तो असर पुगेन भने त खुसि को कुरा हो ।
भोली र पर्सिको ताइफुका लागि यि तयारीहरु गर्नुहोस् !
-
६ / ७ लिटर पिउने पानी ।
-
आपतकालीन अवस्थामा खान मिल्ने खाना, ड्राई फुडहरु ।
-
ब्याट्रीबाट चल्ने फ्ल्यास लाइट र ब्याक–अप ब्याट्रीहरु ।
-
बहुमुल्य व्यक्तिगत सामान ।
-
फेर्नका लागि लत्ताकपडा ।
-
लाइटर र सलाई ।
-
खुद्रा पैसा ।
-
बोकेर अन्यत्र लान मिल्ने रेडियो ।
-
मोवाइल तथा अन्य चार्जएवल डिभाइसहरु पूर्णतया चार्ज गरि राख्नुहोस् ।
-
झ्याल तथा ढोका राम्रोसंग बन्द गर्नुहोस्, हावा आउने ठाउँ खुल्ला छ कि चेक गर्नुहोस् ।
-
घरको भुँइ वा भुँइ तल्लामा भएका सामाग्रीहरु सुरक्षित स्थानमा सार्नुहोस् ।
-
साइकल बाहिर राख्ने गर्नुभएको छ भने सुरक्षित स्थानमा सार्नुहोस्।
-
ताइफु पूर्णतया बन्द भएको सूचना पाएपछि मात्र बाहिर निस्कनुहोस् ।
-
ताइफु सम्बन्धी अपडेट तथा सूचनाहरु नियमित लिइरहनुहोस् ।
-
ताईफुको समय बाहिर निस्कने वा घरको झ्याल खोल्ने काम गर्दै नगर्नुहोला ।
-
सानासाना बच्चाहरु भएको घरमा सिसाको झ्याल तथा ढोकाको आसपास पर्दा लगाउने तथा बच्चाबच्चीहरुलाई त्यस्ता ठाऊँ भन्दा परै राख्नुहोला ।
-
असावधानीले गर्दा घटना घटीसकेपछी पछुताउनु भन्दा पहिल्लै ध्यान दिईयो भने भवितव्यबाट थोरै भए पनि जोगीन सकिन्छ ।
-
आफु पनि साबधान रहौं अनि वरीपरी रहेका साथीहरुलाई पनि सावधान रहन अनुरोध गरौं ।