युरोपेली युनियनमा नयाँ अपरेटिङ सिस्टम दर्ताको निवेदन,हुवावेद्वारा
२०७६, १ श्रावण बुधबार ११:५९
चिनियाँ कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको लागी हार्मोनी नामक ब्राण्डलाई ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ ।यो हुवावेले नयाँ अपरेटिङ सिस्टमको दर्ताको निवेदन दिएको हो । हुवावेले जुलाई १२ मा दिएको निवेदनमाथि इयूको बौद्धिक सम्पत्ति अधिकार कार्यालयमा आवश्यक कार्यवाही चलिरहेको बताइएको छ । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग हुनेछ ।
पछिल्लो समय अमेरिकासँगको व्यापार युद्ध तथा गुगलको सम्बन्ध विच्छेदपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम हंगमेंगको विकास गर्ने बताएको थियो । यद्यपि पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आएपश्चात् हुवावेको संकट केही कम हुँदै गएको छ। हुवावेका अनुसार आफ्नो स्मार्टफोनका लागि एन्ड्रोइड अपरेटिङ सिस्टम पहिलो रोजाइको रुपमा रहेको छ ।
कम्पनीका अध्यक्ष लियांग हुआले होंगमेंगलाई स्मार्टफोन अपरेटिङ सिस्टमका रुपमा विकास गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।