काठमाण्डौँ, फागुन ३०। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मलाई मार्न टिम परिचालन गरेछन् उनीहरुको गतिविधि देखेर आफूलाई दया लागेर आएको बताउनु भएको छ।
बिहीबार शहीद तथा बेपत्ता योद्धाहरुको सम्मानमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढनआग्रह गर्नु भएको छ।
उहाँले चन्दलाई यो २०५२ साल नभई २०७५ साल भएकाले परिस्थितिलाई हेरेर अघि बढन गम्भीर हुन पनि सचेत गराउनुभयो । अध्यक्ष दाहालले सरकारले संविधान र कानुनअनुसार काम गर्ने उल्लेख गर्दै परिस्थितिको गम्भीर विश्लेषण गरेर अघि बढन पनि चन्द नेतृत्वको नेकपालाई आग्रह गर्नु भयो ।
उहाँले शहीद तथा बेपत्ता परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा पनि पार्टी नेतृत्वबीच सहमति भएको दाबी गर्नुभयो ।
Comments