काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन्।
शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणामपछि ओलीले सामाजिक सञ्जालमार्फत शाहको जितप्रति प्रतिक्रिया दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने कामना गरेका हुन्।
अप्रत्याशित हारपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्— हार्दिक शुभकामना!”
२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–५ को प्रतिस्पर्धालाई देशभर निकै चासोका साथ हेरिएको थियो।
